• २०८३ बैशाख १५ गते मङ्गलवार

बारको आन्दोलन कायमै, आइतबार अन्य मुद्दामा सुनुवाइ नहुने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ५, काठमाडौं । न्यायपालिका शुद्धीकरण र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको माग गर्दै आन्दोलन गरिरहेको नेपाल बार एशोसिएसनले आइतबार पनि सर्वोच्च अदालत परिसरमा नाराबाजी गरेको छ । न्यायाधीश तथा प्रधानन्यायाधीश प्रवेश गर्ने गेटको भित्रपट्टि कानून व्यवसायीहरुले आन्दोलन र नाराबाजी गरेका हुन् ।

धर्नालाई सम्बोधन गर्दै नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशको राजीनामा नआएसम्म आन्दोलन जारी राख्ने बताए । उनले भने, ‘यो आन्दोलन कुनै व्यक्तिप्रति लक्षित होइन । तर अहिलेकै प्रधानन्यायाधीश भएसम्म न्यायपालिकाको शुद्धीकरण र विसंगतिको अन्त्य सम्भव छैन । त्यसकारण पनि वर्तमान प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म हामी यो आन्दोलन जारी राख्नेछौँ ।’

यसैबीच शुक्रबार नै नेपाल बार एशोसिएसनले आइतबारका लागि बन्दी प्रत्यक्षीकरण बाहेक अन्य कुनैपनि मुद्दा नहेर्ने निर्णय गरेको थियो । जसका कारण आज देशभरका सबै अदालतमा बन्दीको मुद्दामा मात्रै कानून व्यवसायीले बहस गर्ने भएका छन् । प्रधानन्यायाधीश विरुद्धको आन्दोलनमा झनै शसक्त बनाएर लैजाने चेतावनी दिएको बारले यस साताभरी नै आन्दोलनका विभिन्न कार्यक्रम घोषणा गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस