• २०८३ बैशाख ३ गते बिहिवार

कालीगण्डकी किनारमा दुई पुरुषको शव फेला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक ४, पाल्पा । रामपुर नगरपालिका–८ स्थित कालीगण्डकीमा आज दुई शव फेला परेका छन् । भुजात सिद्धबाबा धाम र होस्दीमा शव फेला परेका हुन् ।

भुजातमा अन्दाजी ४०/४५ वर्ष उमेरका र होस्दीमा ५०/५५ वर्ष उमेरका पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । उनीहरुको हालसम्म नाम, थर, बतन खुल्न सकेको छैन । नदी किनारमा बगाइ ल्याइएको जस्तो देखिने सढेगलेको अवस्थामा शव फेला परेका हुन् । शव परीक्षणका लागि रामपुर अस्पतालमा राखिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस