असोज ५, काठमाडौँ। इन्डियन प्रिमियर लिग (आईपीएल) मा सोमबार भएको खेलमा कोलकता नाइट राइडर्सले रोएल च्यालेन्जर्स बेंगलोरलाई ९ विकेटले पराजित गरेको छ ।
वरुण चक्रवर्ती र आन्द्रे रसेलको उत्कृष्ट बलिङ अनि सुभमन गिल र डेब्युटान्ट वेनकाटेस अयरले उत्कृष्ट ब्याटिङ गरेपछि कोलकताले सहज जित हात पारेको हो । चक्रवर्ती र रसेलले ३र३ विकेट लिएपछि टस जितेर पहिले ब्याटिङ गरेको बेंगलोर १९ ओभरमा ९२ रनमा अलआउट भएको थियो ।
८ खेलमा तेस्रो जितपछि ६ अंक जोडेको कोलकता राजस्थान रोएल्स र पञ्जाव किंग्सलाई रनरेटमा पछि पार्दै पाँचौ स्थानमा उक्लेको छ । समान खेलबाट १० अंक रहेको बेंगलोर तेस्रो स्थानमै यथावत छ ।