भदौ, ५ मुगु । मुगुमा माटोको ढीस्कोले पुरिएर शनिबार एकबालिकाको मृत्यु भएको छ । छायानाथ रारा नगरपालिका वडा नं १४ सुम्लिका बुवा धर्म कार्की कि १४ वर्षिय छोरी फागुनी कार्कीको माटोको ढीस्कोले परिएर मृत्यु भएको हो ।
घरबाट करिब १५ मिनेट टाढा रहेको गुरुदेव आधारभूत विद्यालय नजिकै जनै पुर्णिमाको लागि माटो लिन गएको बेला माथिबाट आएको माटोको ढिस्कोले पुरिएर ज्यान गएको आफन्त बाँचे भण्डारीले जानकारी दिए ।
उनका अनुसार उत्त, स्थानमा ३ जना गएका थिए भने १ जनाको मृत्यु भएको छ भने २ जना लाई उद्धार गरेको बताईएको छ । अहिले उनीहरुको अवस्था भने सामान्य रहेको छ । मृतक कार्कीलाई धार्मिक परम्परा अनुसार दाहसंस्कार गरिएको बताए ।