• २०८३ भाद्र २५ गते बिहिवार

भेरोसेल खोप लिन नेपाल वायुसेवा निगमको जहाज आज चीन जाँदै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

काठमाडौं, ६ साउन । कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ लिनका आज राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमको जहाज चीन जाने भएको छ।

निगमको वाइडबडी जहाज चीन राति ११ बजे त्यसतर्फ जाने निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले जानकारी दिए। उनका अनुसार आज राति जाने जहाज भोलि बिहान खोप लिएर फर्कनेछ।

यसअघि असार ३१ गते चीन जाने भने पनि जहाजको तालिका परिवर्तन गरेर एक हप्ता पर सारिएको हो। यस्तै साउन ७ गते पुनः जहाज गएर साउन ८ गते र साउन ९ गते गएर जहाजले साउन १० गते खोप नेपाल ल्याउने छ।

चीन सरकारसँग नेपाल सरकारले ‘भेरोसेल’ खोप खरीद गरेर ल्याउन लागेको हो। यसअघि असार २५ गते आठ लाख मात्रा खोप चीनबाट ल्याइएको थियो।

Sharing

प्रतिक्रिया दिनुहोस