• २०८३ कार्तिक १ गते शनिवार

झापामा कोरोना सङ्क्रमणबाट दुईको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ७, झापा । झापामा कोरोना सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको छ । झापा गाउँपालिका र शिवसताक्षी नगरपालिकाका गरी दुईजनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा ४१ वर्षीया महिला र ६१ वर्षीय पुरुष रहेका छन् ।

४१ वर्षीया महिलालाई अचानक श्वासप्रश्वासको समस्या भएपछि गत जेठ २७ गते बिर्तामोडस्थित बिर्तासिटी हस्पिटल भर्ना गरिएको थियो । हस्पिटलको सघन उपचार कक्षमा उपचार गराइरहँदा स्वास्थ्यमा सुधार नआएपछि आफन्तले आइतबार बिरामीलाई घर लगेका थिए। फेरि श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि दमकको लाईफलाईन हस्पिटल लैजाने क्रममा राति मृत्यु भएको परिवारले जनाएको छ ।

शिवसताक्षी वडा नं १० का कोरोनाबाट नै ६१ वर्षीय टङ्क विमलीको पनि आइतबारै उपचारका क्रममा विर्तासटी अस्पतालमा मृत्यु भएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस