• २०८३ बैशाख ९ गते बुधवार

जिफन्ट बागमतीले हेलम्बु र मेलम्चीको पुननिर्माणमा स्वयंसेवक खटाउने

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असार ७, काठमाडौं। नोपल ट्रेड युनियन महासंघ जिफन्टको बागमती प्रदेश कमिटीले सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीका बाढी पीडितको आवास पुननिर्माणमा स्वयंसेवी खटाउने भएको छ । जिफन्ट बागमती प्रदेशका अध्यक्ष रामहरी नेपालले विज्ञप्ती जारी गर्दै बाढी पहिरो पीडितको निजी आवास पुननिर्माणमा जनशक्ति खटाउने जानकारी दिनुभयो । स्वयंसेवीका रुपमा दक्ष जनशक्ति खटाउन आफुहरु तयार रहेको बताउँदै अध्यक्ष नेपालले उद्दार र राहत वितरणमा पनि स्वयंसेवक खटाइने जानकारी दिनुभयो । अध्यक्ष नेपालले हेलम्बुसहितका क्षेत्रमा राहत पुग्नै नसकेको बताउँदै सहज स्थानमा राहत वितरणमा भइरहेको होडबाजी रोक्न पनि माग गर्नुभएको छ । एकद्वार नीतिबाट सबै पीडितको घर घरमा राहत पुर्याउनुपर्ने बताउँदै अध्यक्ष नेपालले त्यसका लागि आवश्यक जनशक्ति खटाउन आफुहरु तयारी अवस्थामा रहेको बताउनुभएको छ ।
मेलम्ची खानेपानी आयोजनामा कार्यरत स्वदेशी तथा विदेशी श्रमीकहरु, माछापालन तथा कृषी फर्ममा कार्यरत श्रमीकहरु र अन्य स्थानिय क्षेत्रमा कार्यरत श्रमीकको जीवन रक्षाका लागि आवश्यक ध्यान दिन पनि जिफन्ट बागमतीले सरकारसँग माग गरेको छ ।
बाढीले विद्युत लगायत सञ्चार प्रविधि नष्ट गरेकाले यथासम्भव चाँडो अत्यावश्यकीय सेवा सञ्चालन गर्न पनि जिफन्ट बागमतीले सरकारसँग माग गरेको छ ।
सडक तथा बाटो कटान भएको कारण हेलम्बु गाउपालिकाको चनौटे, ग्याल्थुम र किउल सम्म सहज ढंगले खाधान्न तथा अन्य राहत पुर्याउन सकिने अबस्था नरहेकाले प्रशासनले अनुमति दिए ति स्थानमा स्वयंसेवक तत्काल पठाउने तयारी भएको पनि अध्यक्ष नेपालले जानकारी दिनुभयो । जिफन्टसँग दक्ष जनशक्तिसहितको टिम रहेकाले आफुहरु देशको जुनसुकै स्थानमा आइपर्ने विपद् व्यवस्थापनमा तयार रहेको अध्यक्ष नेपालले बताउनुभएको छ । जिफन्ट एमाले संवद्द श्रमिकहरुको संगठन हो ।

Sharing

प्रतिक्रिया दिनुहोस