जेठ ७, काठमाडौं । विपक्षी गठबन्धनले बहुमत सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीका लागि देउवाले दाबी गर्ने भएका छन् । दिउँसो सिंहदरबारमा बसेको विपक्षी गठबन्धनको बैठकले १५० सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीका लागि राष्ट्रपति समक्ष दाबी पेश गर्न लागेको हो ।

स्रोतका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने गरी १५० सांसदको हस्ताक्षर लिएर विपक्षी गठबन्धनका नेता शीतल निवास हिँडिसकेका छन् । विपक्षी गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एमाले खनाल–नेपाल समूह र जसपाको उपेन्द्र यादव समूह रहेको छ । यो गठबन्धनमा सहमति भएपछि दाबी प्रस्तुत गर्न सांसद शीतल निवास गएका हुन् । संसद्को २७५ सिटमध्ये प्रधानमन्त्रीको लागि आवश्यक बहुमत पुग्न १३६ भए पुग्छ ।