• २०८३ बैशाख १६ गते बुधवार

मोरङमा औषधि कालोबजारी गरेको अभियोगमा १ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ७, मोरङ । बास्तविक मूल्य भन्दा बढि मूल्यमा औषधि बिक्री गरी कालोबजारी गरेको अभियोगमा विराटनगर महानगरपालिका-३ स्थित विराट अस्पताल नजिक रहेको पश्चिमवासी फार्मेसीका संचालक सिरहा धनगढीमाई नगरपालिका-७ फुलकाहाकट्टी घर एका २२ वर्षीय रविन्द्र महतोलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त फार्मेसीमा औषधि बिक्री गर्दा २ वटा खाता बनाई एउटा खातामा औषधिको बास्तविक मूल्य लेख्ने र अर्को खातामा बढि मूल्य लेख्ने तथा ग्राहकलाई त्यही बढि मूल्यको खाता देखाई औषधिको बढि मूल्य लिने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले सो कार्यमा संलग्न महतोलाई पक्राउ गरेको हो ।

उनी उपर कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ बमोजिम थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस