जेठ ७, काठमाडौँ। विपक्षी गठबन्धनको बैठक सम्पन्न भएको छ । आज कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा भएको कांग्रेस, माओवादी, जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव तथा बाबुराम भट्टराई पक्ष तथा एमालेको माधव कुमार नेपाल पक्षको बैठकले निचोड निकाल्न सकेन । बैठकमा कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादीका अध्यक्ष पुष्कमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, उपेन्द्र यादवलगायतको सहभागिता रहेको थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ (५)बमोजिम नयाँ सरकार गठनको लागि आह्वान गरेसँगै विपक्षी गठबन्धनले बैठक आह्वान गरेको थियो । बैठकले ठोस निष्कर्ष निकाल्न नसके पनि एक दुई घण्टाको वीचमा नै निष्कर्षमा पुग्ने निर्णय गरेको माओवादीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
गठबन्धनको बैठक बस्नु अघि कांग्रेसको पदाधिकारी बैठक बसेको थियो । उक्त बैठकले राष्ट्रपति तथा प्रधानमन्त्रीको कदम गैरसंवैधानिक भएको निष्कर्ष निकालेको थियो । त्यस्तै माओवादी केन्द्रको स्थायी कमिटीको बैठक पनि अहिले बस्न लागेको छ ।