• २०८३ बैशाख २७ गते आइतवार

महाअभियोग लगाएर राष्ट्रपतिलाई बिदा गरौँ : गगन थापा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ७, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले राष्ट्रपतिलाई महाअभियोग लगाउर बिदा गर्नुपर्ने बताएका छन् । बिहीबार साँझ प्रधानमन्त्रीको सिफारिसमा सरकार गठनका लागि संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीबाट आह्वान भए लगत्तै थापाले ट्वीट गर्दै यस्तो बताएका हुन् ।

राष्ट्रपति र प्रधानमन्त्रीले गलत काम गरेकाले सुझबुझ पुर्याएर राष्ट्रपतिले सरकार गठनका लागि दिएको समय अगावै उनीहरुलाई बिदा गर्नुपर्ने उनको भनाइ छ । थापाले ट्वीट गर्दै लेखेका छन : “विश्वासको मत लिन मन नलागे प्रमले राजिनामा गर्ने अनि राष्ट्रपतिले प्रकृया शुरु गर्ने हो नेतागण, के राष्ट्रपति र प्रमले थाहा नपाएर यो गरेको हो?जानेर गरेको हो। गनगन गरेर नबसौं।सुझबुझ पुर्याउँ र यिनले दिएको समय अगावै नयाँ सरकार बनाएर ओलिलाई बिदा गरौं,महाअभियोग लगाएर रापलाई बिदा गरौं।”

Open Photo

Sharing

प्रतिक्रिया दिनुहोस