बैहाख २९, झापा । झापाको कन्काई नगरपालिका–३ सुरुङगा चोकमा ट्रकको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । सडकमा मे १ क ४४३ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–७ बस्ने ७१ वर्षीया कमलमाया कामीको बुधबार बिहान घटनास्थलमै मृत्यु भएको हो ।
ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।