बैशाख ८, काठमाडौं । महाराष्ट्रको नासिकस्थित जाकिर हुसैन अस्पतालमा अक्सिजन ट्यांक लिक हुँदा ११ जना बिरामीको मृत्यु भएको छ ।अस्पतालमा अक्सिजन आपूर्ति रोकिँदा अस्पतालमा भागदौड मच्चिएको थियो ।
घटनामा ३५ जना बिरामीको अवस्था नाजुक रहेको अस्पतालले जनाएको छ । अक्सिजनको आपूर्ति रोकिएको बेला १७१ जना बिरामी अक्सिजनमा ६७ बिरामी भेन्टिलेटरमा थिए । यसका कारण २० किलो तरल अक्सिजन बर्बाद भएको छ । घटनाबारे अस्पतालको साथै जिल्ला प्रशासनले जाँच शुरु गरेको छ ।