वैशाख ८,काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजश्व विभागबाट निलम्बित तत्कालिन महानिर्देशक चुडामणि शर्मालाई बयानका लागि बोलाएको छ । वुधबार एक सूचना जारी गर्दै ७ दिनभित्र अख्तियारमा बयानका लागि हाजिर हुन बोलाएको हो ।
अख्तियारका प्रमुख आयुक्तमा राईले जिम्मेवारी सम्हालेपछि ठूला भ्रष्टाचारबारे अनुसन्धान गर्ने क्रममा शर्मालाई बोलाइएको हो ।
