• २०८३ बैशाख १२ गते शनिवार

नागार्जुन नगरपालिकाद्वारा एम्बुलेन्स र शबबहान सञ्चालनमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ८, काठमाडौँ। नागार्जुन नगरपालिकाले आफ्नै एम्बुलेन्स र शबबहान खरिद सञ्चालनमा ल्याएको छ । नगरबासीलाई आइपर्न सक्ने संभावित स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै नगरपालिकाले एम्बुलेन्स र शबबहान खरिद गरी सञ्चालन ल्याएको हो ।

दैनिक बढ्दै गएको कोरोना लगायत अन्य कुनै पनि रोगबाट अस्पतालसम्म पुग्न समस्या नपरोस् भन्ने उद्देश्यले नगरपालिकाले एम्बुलेन्स तथा शबबहान सञ्चालनमा ल्याएको नागार्जुन नगरपालिकाले जनाएको छ । मंगलवार नगर प्रमुख मोहनबहादुर बस्नेतले एम्बुलेन्स र शब बहानको विधि पुर्वक पूजा गरी सञ्चालनमा आएको घोषणा गर्नुभयो ।

नगरबासीको स्वास्थ्यलाई ध्यानमा राख्दै नागरिकलाई स्थानीय सरकार भएको महशुस गर्ने गरी एम्बुलेन्स र शबबहान सञ्चालनमा ल्याएको हो” उहाँले भन्नुभयो “नगरबासीलाई प्रभावकारी स्वास्थ्य सेवा प्रवाहका लागि आगामी दिनमा सेवालाई थप प्रभावकारी बनाइदै लगिनेछ ।

शबबहान र एम्बुलेन्स सेवा लिनका लागि नगरपालिकाको स्वास्थ्य शाखा, एम्बुलेन्स वा शब बहान चालक, वडाध्यक्ष लगायतसँग सम्पर्क गरी सेवा लिन सकिनेछ । मंगलवार नगरपालिकामा आयोजित कार्यक्रममा नगर उपप्रमुख सुशीला अधिकारी, सबै वडाध्यक्ष, नगरपालिका कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस