चैत ८, मकवानपुर । राक्सिराङ गाउँपालिका-५ कुत्तासिंहस्थित गिर्खे खोलाको बगरबाट करिब २० किलो अवैध लागूऔषध गाँजा सहित कैलाश गाउँपालिका २ माझटोल बस्ने १७ वर्षीय किशोरलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी चैनपुरबाट खटिएको प्रहरीलाई देख्नासाथ २ जना व्यक्तिहरू झोला छोडेर भाग्नेक्रममा ती किशोरलाई नियन्त्रणमा लिई झोला जाँच गर्दा उक्त लागूऔषध फेला परेको हो । अर्का फरार व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ ।
यस्तै रौतहट गौर नगरपालिका९४ टिकुलीया मठ नजिकबाट करिब २५ किलो अवैध लागूऔषध गाँजा सहित सोही ठाउँ बस्ने झिङ्गुर भन्ने ४४ वर्षीय हरि किशोर सहनीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले हरि किशोरको घर नजिकैको ट्वाईलेटमा लुकाई राखेको उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।