माघ ८, सप्तरी। सप्तरीको डक नगरपालिकामा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु एको छ । खडक नगरपालिका-११ बनौलीमा पश्चितमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश २-०१-००१-प ६१४६ नम्बरको मोटरसाइककल आफैं अनियन्त्रित भई बुधबार राति साढे १२ बजेको दुर्घटना हुदा मोटरसाइकल चालक बनौलीका २१ वर्षीय शिवेन्द्र साह र २५ वर्षीय अरविन्द यादवको मृत्यु भएको छ ।
घाइते भएका उनीहरुलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा पछाडि सवार खडक नगरपालिका ११ कै २१ वर्षीय सुनिलकुमार चौधरी भने घाइते भएका छन् । उनको टाउको र शरीरको विभिन्न भागमा चोटपटक लागेको छ । उनलाई उपचारका लागि राजविराज पठाइएको प्रहरीले जनाएको छ ।