माघ ८, काठमाडौँ। लागुऔषध खैरो हिरोइन कारोवार गर्ने नौ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा इलामका सन्दिप राई, दीपक राई, केसाङ्ग योल्मुले र सोनाम कागते, मनाङका टासी सन्डुप गुरुङ, पाँचथरका भीप्रसाद लोवा तथा झापाका दिनेश कुमाल, सन्तोष सापकोटा र राजेश श्रेष्ठ रहेका छन् । सार्वजनिक कार्यक्रममा ब्युरोका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दिलीपकुमार चौधरीले लागुऔषध कारोवार गर्ने गिरोहलाई पक्राउ गरेको जानकारी दिनुभयो ।
यस्तै छ लाख ७१ हजार ५०० नेपाली रुपैयाँ, छ हजार १०० अमेरिकन डलर, तीन थान मोटरसाइकल तथा स्कुटरसमेत बरामद गरेको हो । पक्राउ परेका व्यक्तिले खैरो हिरोइनको एक ग्रामको तीन हजारदेखि १० हजारसम्म बिक्री वितरण गर्ने गरेको अनुसन्धानमा खुलेको ब्युरोले जनाएको छ ।