• २०८३ बैशाख ९ गते बुधवार

२० उपसचिवलाई सहसचिवमा बढुवा गर्न सिफारिस

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस ५, काठमाडौं । बढुवा समितिको सचिवालयले २० जना उपसचिवलाई सहसचिवमा बढुवा गर्न सिफारिस गरेको छ।

बढुवाको सिफारिसमा परेका उपसचिवमध्ये प्रशासन सेवाका १८ र लेखापरीक्षण सेवाका २ जना रहेका छन्। आइतबार बसेको समितिको बैठकले बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो।

समितितले प्रशासन सेवाका दीपक घिमिरे, नारायणप्रसाद सापकोटा, बलराम निरौला, वेदप्रसाद खरेल, रुद्रप्रसाद पण्डित, मदन कोइराला, कोमलप्रसाद धमला, दिवस आचार्य र ईश्वरकुमार गिरीलाई बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको छ।

यस्तै‚ श्रवणकुमार पोखरेल, रामबहादुर कुरुम्बाङ, गोपाल कुमार अधिकारी, टुवराज पोख्रेल, बासुदेव घिमिरे, उद्धवप्रसाद रिजाल, युवराज कट्टेल, ध्रुवराज पण्डित, दीपक लामिछाने पनि बढुवाको सिफारिसमा परेका छन्।

समितिको सचिवालयले लेखा परीक्षण सेवाबाट पदमप्रसाद आचार्य र शम्भुकुमार श्रेष्ठलाई बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस