• २०८३ असार ६ गते शनिवार

नेपाल राष्ट्र बैंकले त्रैमासिक रुपमा घरजग्गाको मूल्य सार्वजनिक गर्ने तयारी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

 

मंसिर ४, काठमाडौं ।नेपाल राष्ट्र बैंकले त्रैमासिक रुपमा घरजग्गाको मूल्य सार्वजनिक गर्ने भएको छ । शुक्रबार घरजग्गा मूल्य सर्वेक्षण प्रतिवेदन सार्वजनिक गर्नेक्रममा राष्ट्र बैंकले यस्तो जानकारी दिएको हो । केन्द्रिय बैंकले घरजग्गाको मूल्यमा आउने उतार चढावलाई मापन गर्ने लक्ष्यसहित हरके त्रैमासमा मूल्य विवरण सार्वजनिक गर्ने तयारी रहेको बताएको छ ।

घरजग्गाको मूल्यमा आउने अस्वभाविक उतारचढावले अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पर्ने हुँदा यसको मापन गर्ने योजना बनेको गर्भनर महाप्रसाद अधिकारीले जानकारी दिए । हाल राष्ट्र बैंकले सेयर बजार, थोक मूल्य, तलब, ज्यालादर लगायतका सूचक नियमित सार्वजनिक गर्दै आएको छ । अब यो सूचकको सूचीमा घरजग्गाको मूल्य पनि थपिने भएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस