• २०८३ असार २ गते मङ्गलवार

माधव नेपाल जनकपुर जादै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ४, धनुषा । नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल पनि जनकपुर जादै छन् । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेल, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्यक्रम गरेर फर्किएलगत्तै अध्यक्ष नेपाल पनि जनकपुर जान लागेका हुन् । ७ मंसिरमा अध्यक्ष नेपाल जनकपुर जाने तय भएको नेकपा एस प्रदेश २ कमिटीले जनाएको छ ।

अध्यक्ष नेपालले ७ गते तिनकोरियामा पार्टीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । ८ मंसिरमा लहानको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यतालिका तय भएको नेकपा एस प्रदेश९२ का अध्यक्ष धर्मदेव साहले जानकारी दिए ।८ गते नै अध्यक्ष नेपाल जनकपुर फर्किएर प्रदेश कमिटीको कार्यालयको औपचारिक उद्घाटन गरेर संघीय राजधानी फर्कने कार्यक्रम रहेको अध्यक्ष साहको भनाइ छ ।

Sharing

प्रतिक्रिया दिनुहोस