मंसिर ४, काठमाडौं । एभरेष्ट ग्यासले स्थापनाको ३० औं वर्षपछि ब्राण्ड एम्बेसडर नियुक्त गरेको छ । कम्पनीले हास्य कलाकारद्वय दिपक गिरी र दीपाश्री निरौलालाई एम्बेसडरका रुपमा नियुक्त गरेको हो । एभरेष्टले प्रिमा, साहारा, सैपाल, सुगम र त्रिशुल लगायत सात वटा ब्राण्डका खाना पकाउने एलपी ग्यास उत्पादन गर्दै आएको छ ।
उद्योगले यी सबै ब्राण्डहरुका २० लाख सिलिन्डरबाट लाखौं नेपालीलाई सेवा दिइरहेको बताएको छ । देशभर गरी एभरेष्टको तीन हजार डिलर सञ्जाल छ । कार्यक्रममा बोल्दै ग्यासका अध्यक्ष शिवप्रसाद घिमिरेले नेपालको ग्यास बजार अव्यवस्थित भएको बताए । उनले ग्यासको बजारलाई व्यवस्थित गर्नुपर्ने समय आइसके पनि त्यसो हुन नसकेको बताए ।‘नेपालमा बिजुलीको पर्याप्तता बढेसँगै ग्यासको खपत घट्ने अनुमान भइरहेको छ,’ उनले भने, ‘तर, तत्काल नेपालमा ग्यासको स्थान बिजुलीले लिने स्थिति देखिँदैन ।’