• २०८३ बैशाख १२ गते शनिवार

आजबाट दसैँ विसर्जन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक ३, भक्तपुर । विजयादशमीको दिन महिषासुर दैत्यको प्रतीकका रूपमा खःमेथ (राँगो)लाई नवदुर्गा मन्दिरबाट लखेट्दै ब्रह्मायनी मन्दिर लगेर बध गरी जम्मा गरिएको रगत आज यहाँ नवदुर्गा देवगणलाई चढाएर दसैँ विसर्जन गरिएको छ ।

खःमेयको बध गरी ब्रह्मायणी लगायतका देवीदेवतालाई चढाएर बाँकी रहेको रगत भैलकोचा (माटोको घ्याम्पो) मा जम्मा गरिएको थियो । सङ्कलित रगत आज कोजाग्रत पूर्णिमाको दिन सबै नवदुर्गा देवगणलाई चढाएपछि दसैँ विसर्जन गरिएको नवदुर्गा जात्रा व्यवस्थापन समितिका सचिव रत्नमान बनमालाले जानकारी दिनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस