असोज ४, बाँके । भारतको बहराईज रुपैडिहा जिल्लाबाट हराएको मोटरसाइकल नेपाली प्रहरीले फेला पारी भारतीय प्रहरीलाई बुझाएको छ ।
नम्बर नखुलेको बुलेट मोटरसाइकल भारतीय प्रहरी रुपैडिहाको जानकारीमा बाँकेको ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरी टोलीले सोमबार बाँके नेपालगन्ज उप- महानगरपालिका-१५ नयाँ बस्तीबाट बेवारीसे अवस्थामा फेला पारी सम्बन्धीत भारतिय प्रहरीलाई उक्त मोटरसाइकल जिम्मा लगाएको हो ।