• २०८३ बैशाख ३ गते बिहिवार

विभिन्न ठाउमा डुबेर मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ४, काठमाडौं । चन्द्रागिरी नगरपालिका-१० हिरा इँटाभट्टामा काम गर्ने रनियापुर नगरपालिका- १९ घर भएका २७ वर्षीय पूर्ण बहादुर तामाङको इँटाभट्टा नजिकै ईनारमा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ । डुबेर अशक्त भएका उनको ओम समाज अस्पताल सिप्रदी हुँदै ललितपुरस्थित स्टार अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस्तै सिन्धुली, कमलामाई नगरपालिका-६ शिवनगर बस्ने सन्तोष नेपालीकी छोरी ८ वर्षीया सुवश्री परियारको सोही ठाउँस्थित ग्वाङखोलामा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ । उक्त खोलामा डुबेर अशक्त भएको अवस्थामा बाख्रा गोठालाले देखेर खोलाबाट निकाली उनका बुबा समेतले उपचारको लागि जिल्ला अस्पताल सिन्धुली लगेकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरि बर्दिया, गुलरिया नगरपालिका-८ आशापुर बस्ने प्रमोद लोधकी छोरी १२ वर्षीया साल्मा लोधको घरबाट ३ किमि टाढा रहेको सुजरपुर नालामा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ । बुबाआमासँग उक्त नाला नजिकै खेतमा गएको अवस्थामा नालामा डुबेर अशक्त भएकी उनको उपचारको लागि बर्दिया अस्पताल गुलरिया पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस