• २०८३ जेष्ठ १७ गते आइतवार

धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ४, भक्तपुर । सूर्यविनायक नगरपालिका-७ गुण्डु सोमेडाँडा बस्ने सिन्धुली रत्नवती गाउँपालिका(६ घर भएका २३ वर्षीय तिर्थ बहादुर तामाङलाई खुर्पा प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा सोही ठाउँ बस्ने ३० वर्षीय थरई तामाङलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरी खुर्पा प्रहार गर्दा घाईते भएका तिर्थलाई मध्यपुर अस्पताल हुँदै थप उपचारको लागि शिक्षण अस्पताल महाराजगंज रिफर गरिएको र अवस्था बोल्न नसक्ने रहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस