भदौ ४, कञ्चनपुर । प्रहरीले अवैध लागूऔषध सहित एक जनालाई पक्राउ गरेको छ । भिमदत्त नगरपालिका(१२ ऐरी बस्ने सुदर्शन भारतीलाई ११।०४ ग्राम अवैध लागू औषध खैरो हेरोईन, ८।५० ग्राम अवैध लागूऔषध चरेश र नगद १ लाख ४१ हजार २ सय ५० रुपैयाँ सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
भारतीले लागूऔषधको कारोबार तथा ओसारपसार गरिरहेको भन्ने बिशेष सूचनाको आधारमा संघीय प्रहरी ईकाई कार्यालय महेन्द्रनगर लागूऔषध सेल र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।