भदौ, ४ मुगु । जिल्लाको उत्तरी भेगमा पर्ने सोरु गाउँपालिकाको किसानलाई दाँते ओखर, टिमुर र कागतिका बिरुवा वितरण गरेको छ ।
टि.डि.एज. बि .एम.जेड , जर्मनको आर्थिक सहयोग , हुरेन्डेक नेपाल कालिकोटको कार्यान्वयन, मालिका सामुदायिक विकास केन्द्र मुगुको सहजीकरणमा संचालित हिमाली ग्रामिण क्षेत्रमा दिपो जिविकोपार्जन तथा जैविक विविधता संरक्षण परियोजना अन्तर्गत सोरु गाउपालिका वडा नं १ , २ , र ४ का किसान लाई उक्त बिरुवा वितरण गरिएको हो ।

उक्त वडाका किसानहरुलाई १ हजार ६ सय वटा दाँते ओखरका बिरुवा वितरण गरिएको छ भने त्यस्तै १ हजार १ सय टिमुर र ४ सय वटा गोल्डेन कागतिका विरुवा वितरण गरिएको मालिका सामुदायिक विकास केन्द्र मुगुका जिल्ला संयोजक सुर्य रोकायाले जानकारी दिए ।

उनका अनुसार सोरुका किसान लाई ब्यासायिक र कृषि क्षेत्रमा उकास्नको लागि सो विरुवा वितरण गरिएको संयोजक रोकायाले बताए । जिल्लाको अन्य स्थानीय तह भन्दा सोरु गाउँपालिका क्षेत्रमा यस्ता बिरुवाको उत्पादन तथा खेति हुने भएको हुदा यहाँका किसानहरुलाई वितरण गरिएको उनको भनाई रहेको थियो ।

बिरुवा वितरणमा सहकारी, कृषि सहकारी मार्फत वितरण गरेको उनले बताए । जसमा ३ वटा सहकारी र ३ वटा कृषि सहकारीलाई वितरण गरिएको छ ।
