• २०८३ बैशाख २५ गते शुक्रवार

ब्राउन सुगरसहित तीनजना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ, ४  सिरहा ।  लहान नगरपालिकाबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित तीनजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा  लहान–२४ का १८ वर्षीय मनदीप विश्वकर्मा, लहान–५ का ५२ वर्षीय रामदेव यादव र २५ वर्षीय दीपेन्द्र यादव छन्।

इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुभाष बुढाथोकीले जानकारी दिए।

Sharing

प्रतिक्रिया दिनुहोस