असार ६,काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा भक्तपुरमा २५, ललितपुरमा ५३ र काठमाडौँमा ४ सय ५० जना रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै आज देशभर थप २ हजार ४ सय ४२ जनामा कोरोना पुष्टि भएको छ भने आज ३ हजार ४ सय ५६ जना डिस्चार्ज भएका छन ।