• २०८३ भाद्र २१ गते आइतवार

अबैध लागूऔषध सहित पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असार ६, काठमाडौं । नेपालगंज उपमहानगरपालिका-१३ बाट १९ ग्राम २ सय मिलिग्राम अबैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ सहित डुडुवा गाउँपालिका-६ बस्ने २० वर्षीय वाजित सलमानीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो बाँकेबाट खटीएको प्रहरीले जाँच गर्नेक्रममा उनको साथबाट उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।

यसैगरी, नेपालगंज उपमहानगरपालिका-१ स्थित पूजा रेष्टुरेन्टबाट १ ग्राम ३ सय मिलिग्राम अबैध लागूऔषध ब्राउन सुगर र नगद ३ लाख ७६ हजार ५ सय रुपैयाँ सहित रेष्टुरेन्ट संचालिका ४० वर्षीया कैलाशा गोडिया सहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्यूरो बाँकेबाट खटीएको प्रहरीले उक्त पदार्थ र नगद सहित उनीहरूलाई पक्राउ गरेको हो ।

यसैगरी, कञ्चनपुर, भिमदत्त नगरपालिका-६ ऐठपुरबाट ६ ग्राम ३७ मिलीग्राम अबैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित शनिबार दिउँसो २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २८ वर्षीय महेन्द्र सिंह बोहरा र भिमदत्त नगरपालिका-५ बस्ने २० वर्षीय सागर तिरुवा रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा म।२ प ५३७८ नम्बरको स्कुटर चालक महेन्द्र र म.२ प २०३३ नम्बरको मोटरसाइकल चालक सागरको साथबाट उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

यसैगरी, मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१४ कालापानी बस्ने २६ वर्षीय बिजय रुम्बालाई १ सय एमएलको १७ बोतल नियन्त्रित लागूऔषध ओनरेक्स र नगद १७ हजार ९ सय ५० रूपैयाँ सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । बिजयले कोठामा उक्त पदार्थ लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा सुटकेसमा लुकाई राखेको उक्त पदार्थ र नगद फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस