• २०८३ बैशाख ३१ गते बिहिवार

महन्थ ठाकुरले यादव पक्षका २० नेतालाई हटाए

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ६, काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादव पक्षका २० जनालाई हटाएर आफ्नो पक्षबाट २० जना राखेर कार्यकारिणी समितिमा हेरफेर गरेका छन् ।

गत पुस ७ गते बसेको कार्यकारिणी समितिको बैठकले आफूलाई कार्यकारिणी समिति हेरफेरका लागि दिएको म्यान्डेटको आधारमा त्यस्तो गरेको अध्यक्ष ठाकुरको दावी रहेको छ । अध्यक्ष ठाकुरले यादवको पक्षबाट महेन्द्रराय यादव, मृगेन्द्रकुमार सिंह यादव, नवलकिशोर साह, रामनरेश राय यादव, रमेशप्रसाद यादव, गज्जाधर रोहित यादव, राजेन्द्रप्रसाद श्रेष्ठ, नवराज सुवेदी, युवराज कार्की, रकम चेम्जोङ, रेणुकुमारी यादव, लालबाबु राउत, गंगानारायण श्रेष्ठ, रनध्वज लिम्बु, डम्बर खतिवडा, प्रकाश अधिकारी, इस्तियाक राई, प्रशान्त सिंह, भक्तबहादुर शाह र विजय यादवलाई हटाएका छन् ।

५१ सदस्यीय कार्यकारिणी समितिमध्ये २० जना सदस्यलाई हटाएर आफ्नो तर्फबाट २० जनालाई सदस्यको रुपमा राखेका हुन् । हटाइएकामध्ये पूर्व राजपाका ६ जना रहेका छन् भने १४ जना पूर्व समाजवादीका रहेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस