असार ६, बारा। बाराको सिमरामा रहेको जगदम्बा स्टिल इन्डस्ट्रिज उद्योगमा आगलागी हुँदा दुई जना मजदुरको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय बाराका अनुसार आगलागीमा परि भारतको बिहार पश्चिम चम्पारणका ४० वर्षका प्रदीप गोंढ र बिहारको सिमान जिल्लाका ४५ वर्षका रामनाथ महतोको मृत्यु भएको हो ।

आगलागीमा परि रामकुमार विक, ईन्द्रप्रसाद अधिकारी र नवराज चौलागाईं घाइते भएका र उनीहरुको सिमरामा उपचार भइरहेको छ । पाइप वेल्डिङ्ग गर्ने क्रममा विद्युत सर्ट हुँदा आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।