• २०८३ जेष्ठ २८ गते बिहिवार

सामाजिक सुरक्षाकाे लागि आएकाे ५३ लाख गाएब , चाेर अझ पत्ता लागेन

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

जेठ ६, नुवाकोट । पञ्चकन्या गाउँपालिकाको वडा नं.– २ को वडा कार्यालयबाट हराएको ५३ लाख नगद ४५ दिन बितिसक्दा पनि चोरीमा संलग्न व्यक्ति पत्ता लागेको छैन ।

चोरीमा संलग्न व्यक्तिको पहिचान नहुदा वडावासीले उक्त हराएको रकम हराइरहने पो हो कि भन्ने चिन्ता व्यक्त गरेका छन् । कोरोनाको महामारी फैलिएसँगै उक्त घटना ओझेलमा परेको छ ।

गत ०७७ चैत २४ गते सामाजिक सरक्षा भत्ता वितरण गर्न बैंकबाट नगद झिकेर वडा कार्यालय कविलासको मिश्रगाउँमा राखेको अवस्थामा राति चोरी भएको थियो । वडा नं.२ को कार्यालयमा सामाजिक सुरक्षा भत्ता बाँड्नका लागि बैंकबाट ल्याएको ५० लाख र वडामा राजस्वलगायत अन्य रकम तीन लाख गरी ५३ लाख हराएको वडाध्यक्ष धुर्व मिश्रले जानकारी दिएका छन् ।
उनले भने, गेटको ताला, कार्यालयको मुख्य ढोकाको ताल्चा र पैसा राखेको दराजको कोठा र ताल्चा खोलेर पैसा निकालेको देखियो । ताल्चा फोर्न ढोकामा पहार गरिएको दाग नदेखिएको, ताल्चा पनि फेला नपरेकाले घटना सन्कास्प्पद   रहेको र वडा कार्यालयसँग रामोसँग परिचितबाट घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

वडामा रहेको सिसिटिभी रेकर्डमा मास्कसहित पूरा ज्यान ढाक्ने लुगा  लगाएको मानिसले आठ–दश मिनेटमै पैसा निकालेर लगेको देखिएको छ । घटनामा संलग्न भएको आशंकामा प्रहरीले वडासचिव सरिता रावत,कार्यालय सहायक रामकुमार गिरी र कार्यालय सहयोगी नीलप्रसाद मिश्रलाई पक्राउ गरि  अनुसन्धान गरेको थियो ।

पहरीले तीनजनालाई सरकारी रकम सुरक्षा व्यवस्थामा सावधानी नअपनाएको भनी अपराध विश्वासघात मुद्दामा अदालतमा पेस गरेको छ । प्रहरीले तीनजनालाई अदालतमा पेस गरेर अनुसन्धान जारीराखेको छ । सरकारी धनमाल जिम्माजमानीमा राखेर न्यूनतम सुरक्षा प्रदान गर्न नसकेकोमा वडाका तीनजना कर्मचारी दोषी ठहरिएका हुन् । उनीहरूले पैसा झिकेर बैंकबाट लगेको देखिन्छ, वडा कार्यालयको दराज खोलेर पोको राखेको देखिन्छ, तर नगद नै राखेको र नराखेको विश्वस्त हुन प्रहरी सकेको छैन।

गाउँपालिकाले चाँडो सामाजिक सुरक्षाको व्यवस्थापनका लागि सघींय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्रचार गरेको छ । सामाजिक सुरक्षा भत्ता वितरणका लागि बैकल्पिक व्यवस्था के हुन सक्छ भनेर पालिकाले मन्त्रालयलाई पत्रचार गरेको र मन्त्रालयबाट कुनै जानकारी निर्देशन नआएको प्रमुख  प्रशासकीय अधिकृत नरेश पुडासैनीले बताए ।

प्रहरीको अनुसन्धान र अदालतको प्रक्रिया अगाडि बढिरहेकाले चोरीघटनामा संलग्न पत्ता लगाउन अझै केहीसमय लाग्ने गाउँपालिकाको अध्यक्ष तेज (रमेश)बहादुर लामाले जानकारी दिए ।

वडा कार्यालयको ताला फुटाएरभन्दा पनि साँचोमार्फत ताला खोलेर रकम झिकेर लगेको घटनास्थलमा देखिएकाले चोरीमा संलग्न व्यक्ति कार्यालयसँग सम्बन्धित हुन सक्ने स्थानियले बताएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस