जेठ ६, रामेछाप । कुशल निर्माण व्यवसायी तथा नेकपा एमालेका नेता रत्नप्रसाद गौतमले कोरोना कहरबाट रामेछापका जनतालाई सुरक्षित राख्ने हेतुका साथ रामेछाप जिल्ला अस्पताल मार्फत एक हजार थान एण्टिजेन कीट उपलब्ध गराई सहयोग गर्नु भएको छ। उक्त एण्टिजेन किटबाट दुई सय थान कीट जिल्ला अस्पताललाई अर्को दुइसय थान प्राथमिक स्वास्थ केन्द्र मन्थलीलाई र बाकी एक एक सयका दरले प्रत्येक पालिकामा बितरण गर्ने जानकारी जिल्ला अस्पताल रामेछापले जानकारी गराएको छ।
रामेछापका जनताले तामाकोसी अस्पतालमा पन्ध्र सय तिरेर कोरोना परिक्षण गर्दै आएका थिए अब गौतमको सहयोगमा प्राप्त उक्त किटले जनताले निशुल्क परिक्षण गर्न पाउने छन ।जनताले अब पन्ध्र मिनेटमा आफू कोरोनाबाट सङ्क्रमित छु कि छुइन थाहा पाउन सक्छ्न एमाले जिल्ला कमिटी सचीव पुरुषोत्तम कडरियाले बताउनु भएको छ।
गौतमको यो सहयोगबाट जिल्ला कमिटी एमालेले जिल्लालाई ग्रीन जोन बनाउन चालेको कदमलाई थप सहयोग पुग्ने र अरु सहयोगी मनलाई पनि यो कार्यमा सहयोग गर्न सचीव कडरियाले आग्रह गर्नु भएको छ। त्यस्तै कडरियाले बड्दो कोरोना कहरको प्रभावलाई जतिसक्दो छिडो जिल्लाबाट निस्तेज पार्न र जनतालाई सुरक्षित राख्न कुनै कसर बाकी नराख्ने बताउनु भएको छ।