• २०८३ बैशाख २० गते आइतवार

मनाङमा ट्रक दुर्घटना हुँदा तीनजनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत्र ७, मनाङ । मनाङको नासो गाउँपालिकामा एउटा ट्रक दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् । लम्जुङको सदरमुकाम बेँसिशहरबाट मनाङ जाँदै गरेको ट्रक नासो गाउँपालिकाको खोत्रोपाखा भन्ने ठाउँमा आज दिउँसो दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटनामा परी नासो गाउँपालिका ओढारगाउँका ३५ वर्षीय डोलकासी गुरुङ, अन्दाजी ३४र३५ वर्षका मनिषा गुरुङ र ६ वर्षीय बालक पियुष गुरुङको मृत्यु भएको हाम्रा मनाङ संवाददाता नविन लामिछानेले जनाएका छन् । ट्रकका चालक र सहचालक सहितका घाइते पाँचजनालाई उपचारका लागि बेँसिशहर अस्पताल लगिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस