चैत्र ७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा दुई हजार ६३७ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ७९ जनामा सङ्क्रमणको पुष्टि भएको छ । मन्त्रालयको कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै याेसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७५ हजार ८२९ पुगेको उल्लेख गरेको छ ।
पछिल्लो चौबीस घण्टामा ८२ जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख ७१ हजार ८१५ जना निको भएका छन् ।