• २०८३ बैशाख २३ गते बुधवार

खनाल-नेपाल पक्षका सांसद पोखरेल ओली समूहतिर

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ७, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहका नेता कृष्णभक्त पोखरेल ओली समूहतिर लागेका छन्। बालुवाटारमा बसेको संसदीय दलको बैठकमा उनी उपस्थित भएका हुन।

म चाहिँ अब खनाल-नेपाल गुटमा छैन, एउटै पार्टीको ब्यानरमा सधैं यसरी समानान्तर रूपमा उपस्थित हुन सकिँदैन, त्यसले अब यता लाग्नु पर्छ भनेर आज संसदीय दलको बैठकमा उपस्थित भएको उनले बताए ।

खनाल-नेपालले आयोजना गरेको राष्ट्रिय भेला पनि ठिक नभएको बताउने उनले संसदिय दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाउन नहुने र पाँच वर्षको सरकार उनकै नैतृत्वमा चल्नुपर्ने बताएका थिए।

Sharing

प्रतिक्रिया दिनुहोस