• २०८३ बैशाख १९ गते शनिवार

बालुवाको ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फाल्गुन ८, पाल्पा । पाल्पा जिल्लाको पूर्वखोला गाउँपालिका–४ छेबकुनमा बालुवा खानीमा माथिबाट खसेको ढिस्कोले पुरिएर आज दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनूसार मृत्यु हुनेमा पूर्वखोला कै १३ वर्षीया पवित्रा सारू र ३६ वर्षीया माया देवी सिंह रहेका छन् ।

बालुवा खन्नेक्रममा माथिबाट खसेको ढिस्कोले पुरिएर उनीहरुको ज्यान गएको प्रहरीको भनाई रहेको छ।पवित्राको घटनास्थलमा र मायाको उपचारका लागि लैजानेक्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले बताए । उक्त घटनावारे थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस