• २०८३ भाद्र २२ गते सोमवार

प्रचण्ड–माधव समूहमा लाग्यो फेरी ठुलो झट्का, शेरबहादुर तामाङ दम्पती फेरि ओली समूहमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ८,काठमाडौं । नेकपा नेता शेरबहादुर तामाङ दम्पती फेरि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपामा लागेका छन् । पूर्वमन्त्री तथा नेकपाका नेता शेरबहादुर तामाङ र प्रदेश १ की सांसद उषाकला राई फेरि केपी शर्मा ओली समूहमा फर्किएपछि दाहाल–नेपाल समूहमा झट्का लागेको हो ।

प्रधानमन्त्री ओलीको नेतृत्वमा मात्रै अहिलेको समस्या समाधान हुने र देशको समृद्धिको यात्रा अघि बढ्ने भएकोले श्रीमान श्रीमती दुवैजना आज हुने विराटनगरको सभाबाट ओली समूहमा प्रवेश गर्न लागेका हुन । । नेकपा एउटै भएपनि कार्यक्रम अलग अलग हुने गरेको र आजदेखि प्रधानमन्त्री ओली पक्षीय कार्यक्रमहरुमा सहभागी हुने प्रदेश १ की सांसद उषाकला राईले जानकारी दिनुभयो ।

पार्टी विभाजनपछि केही दिन प्रधानमन्त्री ओली नेतृत्वको केन्द्रीय समितिमा रहेका उनीहरु सो दल छोडेर प्रचण्ड( नेपाल नेतृत्वको नेकपामा रहेका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस