• २०८३ बैशाख ३ गते बिहिवार

घुस रकमसहित मालपोत कार्यालयका नासु पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ७, ललितपुर। घुस रकमसहित ललितपुरको लगनखेलस्थित भूमिसुधार तथा मालपोत कार्यालयमा कार्यरत नायब सुब्बा मन्दिप कुमार श्रेष्ठ र लेखापढी व्यवसायी रमेशलाल श्रेष्ठ पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले ललितपुर महानगरपालिका-१२, लगनखेलस्थित बसपार्क नजिकबाट सेवाग्राहीसँग ४० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा दुवै जनालाई मंगलबार नियन्त्रणमा लिएको आयोगले जनाएको छ ।

जग्गा हालसाविकको क्रममा ट्रायल चेक गर्दा नक्सा अनुसार क्षेत्रफल बढी भएको भनी सो मिलाउनको लागि उनीहरुले सेवाग्राहीसँग उक्त रकम माग गरेको हो । दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस