“अदालतलाई धम्क्याइयो , गणतन्त्रको उत्सव मनाइरहदा तपाई रुंदै हिड्नुभएको थियो , अहिले हामी हास्दै हिडेका ?” कमरेड प्रचन्ड
“केपी ओली कमरेड नभएर प्रतिक्रान्तिकारी भएको र रानीपोखरी र धरहरा केपीले नभइ कालीगढले बनाएका हुन ” कमरेड झलनाथ
“ओलीले प्रचन्डको पिठ्युमा चढेर लात्तीले हिर्काए ” कमरेड माधव
“सम्मानित रास्ट्रपतिलाई ब्यङ गर्दै ” सक्छ्यौ भने चुनाव लड्न आउ मसित” भु पु सांसद गगन थापा
“वास्तवमा म प्रतिपक्षको नेता भएपनि केपीले चालेको कदम ठीक हो ” काङ्रेस नेता चन्द्र भन्डारी
“नेकपाको सरकार संचालन भएदेखि आफ्नै पार्टीका केही नेताहरुले संसदको रोस्टममा अर्थात केन्द्रीय कमिटीको बैठकमा कुन दिन देश र जनताको एजेन्डाबारे बोले ? अधिवक्ता वालकृश्न न्यौपाने
“ढोकाबाट भित्र पस्नुपर्ने ठाउंमा झ्यालबाट छिर्ने, इलेक्टेड नभइ सेलेक्टेड हुन खोज्ने अनि बिधि , बिधान , पद्दतीको कुरा गर्ने , गणतन्त्रको लागि भनि दसौं वर्षसम्म युद्द मैदानमा जीवनलाई खुकुरी र गोलीको धारमा राखि ज्यानको प्रवाह नगरी इष्टमित्र देवता पित्र सबै गुमाउनेको अस्तित्व नहुने अनि जनयुद्द सकिएपछि स्वार्थको लागि पार्टीमा पसारो परी हामी महान क्रान्तीकारी भन्न लाज नमान्ने नारानकाजीदेखि पनि घृणा लागेर आउंछ ! ” के आर
“अदालत तथा निर्वाचन आयोगको हुर्मत लिने काम भयो” पिएम केपी ओली
सिर्फ एकजनाको बादमा सबै डोर्याइएको हुन्छ । केही स्वार्थी झुन्ड नेताहरुको मति बिग्रेर सती गए भन्दैमा जनता जानैपर्छ भन्ने छैन । त्यसैले, वर्तमान राजनीतिक संकटबारे अदालतमा रहेको मुद्दालाई पक्कैपनि संबैधानिक ब्याख्या गर्दा उत्पन्न हुने परिणामबारे सम्बन्धित निकाए जानकार हुने नै छन ! किनकि , अबपनि राजनीतिक सुद्दता नल्याए कहिले ल्याउने ?
तसर्थ, यो आफ्नै घर परिवारवीचको तिक्तताले राजनीतिक रिक्तताको महशुस भएको हो । यहि धमिलो पानीमा माझीहरुलाई माछा मार्न सहज भएको मात्र हो । विचरा ! प्रतिकृयाबादीहरु तथा बिदेशी दलालहरुको के दोष ! केवल सत्ताको लोभले घरमा आगो झोसी सडकमा गएर निभाउन खोज्नु पक्कै पनि केही कम्युनिस्ट अग्रजहरुको राजनैतिक ब्यैमानीको पराकाष्टा बाहेक अरु के हुनसक्छ र ? यसपाली जनता झुक्किएका होइनन जनतालाई झुक्याइएको हो । चुनावमा जानु हुदैन भन्ने भ्रममा नपर्नुहोला । विभिन्न राजनीतिक पार्टीहरुले आन्दोलनको बक्ररेखा भित्रीरुपमा चुनाबी एजेन्डा बनाइसकेका छन मात्र देखावटी नाटक मात्र हो सडक संघर्ष !
तसर्थ, राजनीतिक खेल स्वार्थको जालोमा अल्झिएको हुन्छ , यो खेल फुटवलको ठीक बिपरित हुन्छ । फुटबलमा दुईतिर एक एक गोल किपर हुन्छन तर राजनीतिमा किक एकजनाले हान्छ किपर प्रशस्तै हुन्छन । सिर्फ एकजनाको बादमा सबै डोर्याइएको हुन्छ । केही स्वार्थी झुन्ड नेताहरुको मति बिग्रेर सती गए भन्दैमा जनता जानैपर्छ भन्ने छैन । त्यसैले, वर्तमान राजनीतिक संकटबारे अदालतमा रहेको मुद्दालाई पक्कैपनि संबैधानिक ब्याख्या गर्दा उत्पन्न हुने परिणामबारे सम्बन्धित निकाए जानकार हुने नै छन ! किनकि , अबपनि राजनीतिक सुद्दता नल्याए कहिले ल्याउने ?