• २०८३ जेष्ठ ५ गते मङ्गलवार

देशभर थप १८१ जनामा कोरोना संक्रमण, २८९ जना संक्रमणमुक्त

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

काठमाडौं, ४ पुस । नेपालमा पछिल्लो २४ घण्टामा थप १८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ७३ पुगेको छ।

आइतबार २८९ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ५ हजार २७१ सक्रिय संक्रमित रहेका छन्।

गत २४ घन्टामा ४ हजार ८३१ पीसीआर तथा ५ हजार ४१ एन्टिजेन परीक्षण भएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस