• २०८३ जेष्ठ ५ गते मङ्गलवार

दुई समूहबीच छुरा हानाहान हुँदा एकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ४, सिरहा । सिरहाको गोलबजार नगरपालिका– ६ मा दुई समूहबीच ​ भएको छुरा हानाहानमा एक युवकको मृत्यु भएको छ भनेअर्का एक जना घाइते भएका छन् । प्रहरीका अन्सुअर छुरा प्रहारबाट घाइते भएका गोलबजार नगरपालिका– ६ डोहटियाका २६ वर्षीय रामकुमार सदालाई उपचारका लागि धनगढीमाई नगरपालिका– ९ मा रहेको आरके मेरिसीटी अस्पताल पुर्याए लगत्तै उनको मृत्यु भएको हो ।

घाइते सोही ठाउँका १९ वर्षीय निकेश सदाको आरके मेरिसीटी अस्पतालमा उपचार भईरहेको छ । प्रहरीले दुई समूहबीच ​ झडप भएको र घाइते भएको जनाए पनि घटनाबारे थप अनुसन्धान भइरहेको छ । प्रहरीले घटनामा संलग्नहरुको खोजी गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस