मंसिर ३, सुर्खेत । वीरेन्द्रनगरको मंगलगढी चौकदेखि गणेश चोकसम्म बाटो फराकिलो बनाउने काममा ढिलाई भएको छ । वीरेन्द्रनगरको मंगलगढी चोकदेखि बजारक्षेत्र हुँदै गणेशचोकसम्म फराकिलो बाटो बनाउने भनिए पनि काम हुन सकेको छैन ।

ययस अघि नै १८ करोडको टेण्डर भएर १३ करोड ६८ लाखमा खड्का निर्माण सेवासँग सम्झौता भइसक्दा पनि बाटोको काम अििघ बढ्न सकेको छैन । लथालिङ्ग विद्युतका तारहरुले यताउती आवतजावत गर्ने यात्रुलाई जतिबेला पनि जोखिम रहेको र करेन्ट लाग्न सक्ने र सहरको सौन्दर्यतालाई नै कुुरुप बनाएको छ । वीरेन्द्रनगरलाई सुन्दरनगरीय सहर भनियता पनि वीरेन्द्रनगर बजारका मुख्य ठाउँ वीरेन्द्रनगर, बुद्धपथ,मंगलगढी चोकका मुख्य ठाउँमै खाल्डाखुल्डी हुनुु अव्यवस्थित विद्युुतका तारहरुले वीरेन्द्रनगरको सौन्दर्यलाई कुरुप बनाउदै लिएको छ । यसअघि वीरेन्द्रनगरपालिकाले आर्थिक २०७८÷७९ मा मंगलगढी चोकदेखि गणेशचोकसम्म सडक बनाउनको लागि १८ करोडको टेण्डर भइसकेको र लगत्तै काम संचालन हुने भनियता पनि हालसम्म सडक निर्माण कार्य अघि बढ्न सकेको छैन ।
१५ मिटरको बाटोमा दुुइलाइन बाटो बन्ने भनिए पनि त्यो हुन सकेको छैन । बजार क्षेत्रका लथालिङ्ग अवस्थामा रहेका तारहरु हटाउने बाटोलार्ई फराकिलो बनाउने कामले अहिलेसम्म गति लिन सकेको छैन । पुुर्वाधार विकास निर्देशनालयका अनुसार मंगलगढी चोकदेखि गणेशचोकसम्म सडक क्षेत्राधिकारभित्र घरहरु परेको,विद्युुतका तार,पानीइका पाइप लाइन हटाउनुपर्ने भएकाले ढिलो भएको पुर्वाधार विकास निर्देशनालय सुर्खेतका इन्जिनियर रामसरण आचार्यले बताए । १८ करोडमा टेण्डर भएर १३ करोड ६८ लाखमा खड्का निर्माण सेवासँग सम्झौता भएको छ,’उनले भने, ‘सडक निर्माण गर्दा पानीका पाइपलाइन, विद्युतका पोल हटाउन चुुनौती छ । यस्को लागि विद्युत र खेपानीलाई पत्र पठाइसकेका छौँ ।’
बजार क्षेत्र व्यापारिक यरिया भएको र त्यस्मा पनि सडक क्षेत्राधिकारधित्र घर परेका हुनाले समस्यया छ । त्यस्माा पििन विद्युतका पोलहरु हटाउनुपर्ने र पानीका पाइपलाइनहरु हटाउनुपर्ने उत्तिकै चुनौती छ तर, पनि समयमै काम सक्ने गरी लागि परेका छौँ इन्जिनियर शाहीले भने । ‘सडक निर्माण गर्नको लागि नगरपालिकाका जनप्रतिनिधि र सरोकारवाला निकायसँग बसेर उहाँहरुले पनि प्रतिबद्धता जनाउनुभएको छ,’उनले भने, ‘अझै यस्मा विद्युत र खानेपानीले विशेष भुमिका खेले काम केहि दिनमै अघि बढ्छ ।’ उनका अनुसार १५ मिटर चौडाइ बाटो ७०÷८० सेन्टिमिटरको नाला सहितको दुुइलेन बाटो, र डेढ मिटरको मान्छे हिड्ने बाटो बन्ने छ ।
त्यस्तै पुरातात्विक महत्व बोकेको काक्रेबिहार जाने बाटोको काम पनि संचालन हुन सकेको छैन । काक्रेबिहार जाने बाटो राम्रो नहुँदा त्यहाँ पुुग्ने पर्यटकले सास्ती भोग्नुपरेको छ । काक्रेबिहार जादा बाटोमा भएका खाल्डाखुल्डी र धुलो धुवाँले पुरातात्विक महत्व बाकेको काके्रबिहार पुुग्दा हैरानी खेप्नुुु परेको छ । पुर्वाधार विकास निर्देशनालय सुर्खेतका अनुसार मंगलगढी देखि लाटिकोहिली सम्म १६करोडको टेण्डर भएर सम्झौताको क्रममा रहेको पुर्वाधार निर्देशनालय सुर्खेतले जनाएको छ । काके्रबिहार सडक निर्माणका लागि आशिस हाम्रो जेभी सुर्खेतसँग ठेक्का भएको र १३ करोडमा सम्झौता हुन सक्ने इन्जिनियर सुुर्य बहादुरर शाहीले बताए । उनका अनुसार आशिस हाम्रो जेभी सुर्खेतसँग ठेक्का भएको र नाला सहितको २२ सय मिटर सडक कालोपत्रे गर्नुपर्ने छ । इन्जिनियर शाहीका अनुसार सडक निर्माणका लागि ठेक्का पाएको आशिस हाम्रो जेभी सुर्खेतसँग सम्झौताको लागि छलफल भइरहेको छ ।