• २०८३ बैशाख २९ गते मङ्गलवार

अमेरिकी मन्त्री लुलाई ओलीको जवाफ : ‘एमसीसीबारे सरकारले हामीसँग कुरा गरेको छैन’

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ३, काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शुक्रबार सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा दुईबीच भएको भेटवार्तामा अमेरिकी सहायता परियोजना मिलेनिय च्लालेन्ज कर्पोरेशन (एमसीसी) सन्दर्भमा कुराकानी भएको छ ।

कुराकानीका क्रममा विदेशमन्त्री लुले एमसीसीबारे पार्टीले के गर्छ भनेर प्रश्न गरेका थिए । प्रश्नको जवाफमा अध्यक्ष ओलीले आफ्नो पार्टीसँग सरकारले एमसीसीबारे कुनै ठोस कुराकानी नगरेको बताएका छन् ।

अध्यक्ष ओलीको भनाई उद्धृत गर्दै एमाले नेता राजन भट्टराईले एमसीसीबारे सत्तासिन गठबन्धनलाई अहिले हाम्रो आवश्यकता नभएको पनि हुन सक्छ, त्यसैले कुनै परामर्श भएन ।

Sharing

प्रतिक्रिया दिनुहोस