• २०८३ असार ८ गते सोमवार

बर्दियामा बाढीका कारण ९६० घर प्रभावित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २, बर्दिया । बर्दियाकाे राजापुरा नगरपालिका र गेरुवा गाउँपालिका क्षेत्रमा बाढी पसेको छ । बाढीका कारण ९६० घर डुबानमा परेका छन् ।

राजापुरको भदाली नालाबाट पसेको पानीले दौलतपुर, चनौरा, सोनपुर, मुर्गहवा क्षेत्र डुबानमा परेको छ । गेरुवाको बनकट्टीबाट पसेको पानीले सनकट्टी, रानीपुर क्षेत्र डुबानमा परेको जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बताउनुभयो । कर्णाली नदीको पानीले खतराको तह पार गरेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाले स्थानीयको उद्धार गरेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस