• २०८३ जेष्ठ ९ गते शनिवार

बाढी पहिरोमा फसेकालाई उद्धार गर्न प्रधानमन्त्रीको निर्देशन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक २, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमलगायत मुलुकका विभिन्न भूभागमा अविरल वर्षापछिको बाढी, पहिरो र डुबानबाट प्रभावितलाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न गृहमन्त्री बालकृष्ण खाणलाई निर्देशन दिएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा गृहमन्त्री खाणलाई बोलाएर सो निर्देशन दिएको प्रधानमन्त्री देउवाले बताएका छन्। ‘सुदूरपश्चिमलगायत मुलुकका विभिन्न क्षेत्रमा अविरल वर्षाका कारण गएको बाढी, पहिरो र डुबानबाट प्रभावितहरूलाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न गृहमन्त्रीलाई निर्देशन गरेको छु,’ उनले सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन्।

Sharing

प्रतिक्रिया दिनुहोस