• २०८३ जेष्ठ १९ गते मङ्गलवार

एमाले निकट कर्मचारी संगठनको राष्ट्रिय अधिवेशन मिति तय

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ३, काठमाडौं । नेकपा एमाले निकट कर्मचारी संगठन नेपाल निजामती कर्मचारी संगठनको केन्द्रीय कार्य समितिको आठौं बैठकले माघ ७ र ८ गते राष्ट्रिय अधिवेशन गर्ने निर्णय गरेको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आतिथ्यमा असोज २ गते सम्पन्न बैठकले ११ औं राष्ट्रिय अधिवेशनबारे निर्णय गरेको हो । आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै संगठनले राष्ट्रिय अधिवेशनको आयोजनाबारे जानकारी दिएको हो ।

संगठनका अध्यक्ष केदार देवकोटाले अधिवेशनबारे जानकारी दिँदै निजामती कर्मचारी संगठनको माइन्युट बुक, छाप, लेटर प्याड चोरी भएको जानकारी गराए ।

Sharing

प्रतिक्रिया दिनुहोस