भदौ ३, भक्तपुर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई अझ बढी जनमैत्री बनाउन विश्वभर छरिएर रहेका नेपाली जहाँ रहेका छन् त्यहाँ एमाले हुने उद्घोष गर्नुभयो । आज भक्तपुरमा आयोजित बृहत कार्यकर्ता भेला कार्यक्रमलाई संवोधन गर्नुहुँदै अध्यक्ष ओलीले सरकारकामा बसेर जति नै खुट्टा तानिए पनि आफ्नो नेतृत्वमा मुलुकमा धेरै विकासका कामहरु भएको सविस्तार स्पष्ट पार्नुभयो ।

वर्तमान गठबन्धनको सरकार जनताको पक्षमा काम गर्न बनेको नभई अघिल्लो सरकारले गरेका राम्रा कामहरु विगार्न र भत्काउनको लागि मात्र भएको बताउनुभएको छ । वर्तमान सरकार काम विर्गान र भत्काउन बनेको भन्दै उहाँले सरकार बनेको डेढ महिनामा विपक्षीलाई धम्काउने, दमन गर्नै, षडयन्त्र गर्ने र गाली गर्नै बाहेक अहिलेको सरकारले कुनै काम नगरेको बताउनुभयो ।
अध्यक्ष ओलीले माधव नेपाललाई चार जना मान्छे बटुलेर भएपनि अध्यक्ष हुनुपर्ने रोग लागेको बताउनुभएको छ । सरकारले अध्यादेश ल्याएपछि माधव समूहले अर्को पार्टी दर्ता गरी एमालेका नेता तथा कार्यकर्ता मात्र नभई आम नेपाली जनताको भाग्य र भविष्य माथि खेलवाड गरेको आरोप लगाउनुभयो । अब पार्टीलाई नयाँ ढंगले अगाडि बढाइने बताउनुभयो ।
सरकारले गलत मनसाय राखेर अध्यादेश ल्याएको बताउदै अध्यक्ष ओलीले सरकारको उद्देश्य भनेको जसरी भएपनि एमालेलाई कमजोर पार्ने र फुटाउने भएको बताउनुभयो । सर्वोच्च अदालतले देशको महत्वपूर्ण आवश्यकता परेको खण्डमा मात्र अध्यादेश ल्याउन पाइने ब्याख्या गरेपनि देश र जनताको लागि आवश्यक नै नभएको अध्यादेश ल्याइएको उहाँले बताउनुभयो ।
सरकारले ल्याएको अध्यादेश एमालेलाई फुटाउन र कमजोर पार्न गलत मनसायका साथ असंवैधानिक तरिकाल ल्याइएको उल्लेख गर्दै उहाँले एमालेले अध्यादेश जारी नगर भन्दा भन्दै अध्यादेश ल्याइएको बताउँदै अध्यक्ष ओलीले त्यसको लोकतान्त्रि र संवैधानिक ढँगले प्रतिवाद गरिने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘संसद र सदन नभएको बेला कुनै कानुन नभइ नहुने भयो भने अध्यादेश बन्छ । यहाँ के आवश्यकता थियो रु जनताका लागि के समस्या थियो रु देशका लागि यो किन आवश्यक थियो । गलत मनसाय, कानुनलाई भाँजकुज पार्न र सरकार जोगाउन अध्यादेश ल्याइएको छ, यो अध्यादेश अविंलम्ब फिर्ता गरिनु पर्दछ ।’ माधव नेपालले पार्टी नेतृत्व गर्दा ठूलो पार्टीलाई कचौरा जस्तो पारेर राजिनामा दिएको बताउँदै अध्यक्ष ओलीले माधवको काम भनेकै एमाले समाप्त पार्ने भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘आफैले नेतृत्व गर्दा विशाल पार्टीलाई कचौरा जत्रोमा सिमित पार्नुभयो र अब त सकियो भनेर छोड्नुभयो । सरकारको नेतृत्व गर्दा पनि पार्टीको सहयोग र विपक्षीको सहयोग हुँदा पनि ९ महिनामै निकम्वा बनाउनुभयो र एमालेले सरकार चलाउन सक्दैन भनेझै छोड्नुभयो । अहिले विपक्षीहरुसँग गठजोड गरेर एमाले समाप्त पार्ने कोशिस गरिरहनुभएको छ ।’
माधव कै कारण एमालेले सबै ठाउँका सरकार गुमाउन परेको भन्दै पार्टीको वरिष्ठ नेता भन्दै आफ्नै पार्टी सिध्याउन लाग्ने झगडियाहरु अब आफ्नो पार्टीमा नरहेको बताउनुभयो । आफ्नै पार्टीका सरकार विरुद्घ फ्लोरक्रस गरेर सरकार ढाल्ने, शेरबहादुर देउवा जस्ता दक्षिणपन्थीको सरकार बनाउन आफुलाई एमालेको बरिष्ठ नेता हो भन्दै राष्ट्रपतिकोमा हस्ताक्षर लिएर जाने र अदालतमा पनि एमालेलाई एमालेको निर्णय विरुद्घ उभ्याएर गलत राजनीनि माधवले गरेको ओलीले बताउनुभयो ।